arrow

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
khapung-pradesh-1.JPG

काठमाडौँ। प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश-१ का प्रमुख परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सरकारको सिफारिसमा गत मङ्गलवार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णालीमा परियार र सुदूरपश्चिममा जोशीलाई संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।

गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ती प्रदेशमा प्रदेश प्रमुख रहेका व्यक्तिलाई पदमुक्त गर्दै नयाँ प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो।

यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ