arrow

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
nebisangh-flag.jpg

काठमाडौँ । नपाल विद्यार्थी सङ्गठन (नेविसंघ)ले आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । चाडपर्वका बेला १५ दिनको अन्तरालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेविसंघले मूल्यवृद्धि फिर्ता ल्याउन माग गरेको हो ।

नेविसंघका अध्यक्ष राजिव ढुंगानाद्वारी जारी विज्ञप्तीमा कोभिड१९को महामारीका कारण लामो समयदेखि अप्ठ्यारो भोगिरहेका बेला ढुवानी खर्च वृद्धि भई उपभोग्य वस्तुको समेत मूल्य बढ्ने गरे भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरिएको छ ।

यस्तै सङ्गठनले तत्काल मूल्य वृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । बिहीबार जारी विज्ञप्तीमा लेखिएको छ, 'पेट्रोलियम पदार्थमा गरिएकोमूल्यवृद्धि  तत्काल खारेज होस् । अन्यथा आन्दोलनको आँधी वेहारी सृजना गर्न बाध्य हुनेछौँ ।'

यस्तो छ विज्ञप्ति:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ