arrow

अष्ट्रेलिया सामु पाकिस्तानको आत्मसमर्पण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
t20-world-cup-pakistan2021.jpg

काठमाडौं । यूएई र ओमानको संयुक्त आयोजनामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने भएका छन् । सेमिफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धी हराउँदै दुवै टिम फाइनलमा पुगेका हुन् । 

फाइनल खेल आइतबार दुबईमा बेलुकी ७ः४५ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई हरायो । अपराजित रहँदै सेमिफाइनलमा पुगेको पाकिस्तान अष्ट्रेलियाविरुद्ध भने निरीह बन्यो । 

अष्ट्रेलियाले २४ वर्षपछि आगामी मार्चमा पाकिस्तानको भ्रमण गर्ने भएसँगै सम्भवतः अनुग्रहित बनेको पाकिस्तानले कडा भएर सामना गर्न सकेन । उक्त फलस्वरुपः अष्ट्रेलियासँग आत्मसमर्पण गर्दा सेमिफाइनलबाटै बाहिरिन पुग्यो । पाकिस्तानले सम्मानित योगफल बनाए पनि हारबाट आफूलाई जोगाउन सकेन । 

पाकिस्तान ५ विकेटले पराजित भएको हो । पाकिस्तानले प्रस्तुत गरेको १७७ रनको विजयी लक्ष्य अष्ट्रेलियाले १९ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियालाई जिताउने क्रममा म्याथ्यु वेड र मार्कस स्टोइनिसले छैटौं विकेटका लागि नटआउट ८१ रनको साझेदारी गरे । वेडले १७ बलमा नटआउट ४१ तथा स्टोइनिसले ३१ बलमा नटआउट ४० रन बनाए । 

त्यसअघि ओपनर डेभिड वार्नरले ३० बलमा सर्वाधिक ४९ रन बनाएका थिए । पाकिस्तानका शाहब खानले ४ तथा शाहिन शाह अफ्रिदीले १ विकेट लिए ।

पाकिस्तानको इनिङ्स
यसअघि अबुधाबीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ४ विकेटको नोक्सानीमा १७६ रन बनाएको थियो । 

पाकिस्तानका लागि मोहमद रिजवाल र फकर जमानले शानदार अर्धशतकीय इनिङ्स खेलेका थिए ।

रिजवानले ५२ बलमा ६७ रन बनाए । फकर जमानले ३२ बलमा नटआउट रहँदै ५५ रन बनाए । 

कप्तान बाबर आजमले ३४ बलमा ३९ रन बनाए । सोइब मलिकले १ तथा आशिफ अली बिना कुनै रन पभेलियन फर्के । 

अष्ट्रेलियाका मिचेल स्टार्कले २ तथा एडम जाम्पा र प्याट कुमिन्सले समान १–१ विकेट थिए ।

सेमिफाइनलमा आइपुग्दा पाकिस्तान एकमात्र अपराजित टिम थियो । तर सेमिफाइनलमा निरीहता प्रदर्शन गर्यो । 

पाकिस्तानले समूह चरणमा भारत र न्यूजिल्याण्डलाईसमेत हराएको थियो । 

भारत समूह चरणबाटै बाहिरियो भने न्यूजिल्याण्ड सेमिफाइनलमा इङ्गल्याण्डलाई सहजै हराएर फाइनलमा पुग्यो । 

प्रतियोगिताको एकमात्र अपराजित टिम पाकिस्तान सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ