arrow

विश्वले टी–२० विश्वकपको नयाँ च्याम्पियन पाउँदै, अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
t20-world-cup-final-aus-nz-.jpg

काठमाडौं । विश्वले आइतबार राति आईसीसी टी–२० क्रिकेटको नयाँ च्याम्पियन पाउँदैछ । यूएई र ओमानको संयुक्त आयोजनामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार बेलुकी अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्दै छन् । 

खेल बेलुकी ७ः४५ बजे यूएईको दुबईमा शुरु हुँदैछ । न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो । अष्ट्रेलिया दोस्रो पटक फाइनलमा पुगेको हो । 

सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हरायो । अपराजित रहँदै सेमिफाइनलमा पुगेको पाकिस्तान अष्ट्रेलियाविरुद्ध भने निरीह बन्यो । 

त्यस्तै न्यूजिल्याण्डले पनि इङ्गल्याण्डलाई ५ विकेटले नै हराएको थियो । फाइनलमा पुगेको अष्ट्रेलियाले समूह चरणमा इङ्गल्याण्डसँग हार बेहोर्दा दक्षिण अफ्रिका, श्रीलंका, वेष्ट इन्डिज र बंगलादेशलाई हराएको थियो । 

न्यूजिल्याण्डले पाकिस्तानसँग पराजय बेहोर्दा भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्डलाई हराएको थियो ।

हेड टु हेड
हेड टु हेडमा अष्ट्रेलिया हावी देखिएको छ । अहिलेसम्म दुवैले आपसमा १४ टी–२० खेलेका छन् । जसमा ९ खेल अष्ट्रेलियाले जितेको छ । 

न्यूजिल्याण्डले ५ खेलमात्र जितेको छ । टी–२० विश्वकपमा दुवैबीच एउटामात्र खेल भएको छ । उक्त खेलमा न्यूजिल्याण्ड विजयी भएको थियो । 

यो तथ्यांकअनुसार उपाधिका लागि न्यूजिल्याण्डको पहिलो दावेदारी देखिएको छ । तर अष्ट्रेलियाले जित्यो भने उपाधिसहित बदला लिएर १–१ को बराबरी पनि गर्नेछ । 

दुवै टिममा अनुभवी खेलाडीहरु भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ