arrow

जनकपुरधाममा मङ्गलवार रातिसम्म निषेधाज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
janakpur4.jpg

धनुषा । धनुषाको जनकपुरधाममा दुई समुदायबिच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको समयलाई लाई बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आइतबार जनकपुरधाम उपमहानगरपालिका-२० मा लगाइएको निषेधाज्ञालाई मङ्गलवार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरिएको जानकारी दिए ।

जनकपुरधाम-२० मा छठ पर्वमा अर्घ्य राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दु र मुस्लिम समुदायबिच विवाद भएको थियो । सोही विवादले शनिवार उग्र रूप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

प्रजिअ बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मङ्गलवार राति १० बजेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिए । 

पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर-जटही मार्ग दोबाटो, उत्तरमा हनुमान नगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ