arrow

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
biden-xi.jpg

काठमाडौँ । सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भर्चुअल भिडियो सम्मेलन हुँदैछ । अमेरिकी राष्ट्रपति बाइडेनले कार्यभार सम्हालेपछि पहिलो पटक चिनियाँ राष्ट्रपतिसँग पहिलो पटक एक आपसमा देखिने गरेर कुराकानी भइरहेको हो ।

यसअघि दुवै राष्ट्र प्रमुखबिच दुई पटक फोन वार्ता भने भएको भइसकेको छ । कोप२६ सम्मेलनमा गत साता दुवै राष्ट्रले जलवायु परिवर्तनलाई सम्बोधन गर्न संयुक्त घोषणापत्र जारी गरेका थिए ।

तर पनि अमेरिका र चीन बीचको सम्बन्ध खास गरी व्यापार र ताइवानलाई लिएर तनावपूर्ण अवस्थामा छ । चीनले ताइवानलाई कब्जा गर्न सैन्य गतिविधि बढाउँदै लगेको छ । अमेरिकाले यसको विपक्षमा छ ।

यस्तो अवस्थामा दुवै राष्ट्र प्रमुखबीच भर्चुअल सम्मेलनमार्फत वार्ता भइरहेको हो । खास गरी साइबर सुरक्षा, व्यापार र परमाणु अप्रसार लगायतका विषयमा छलफल हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ह्वाइट हाउसले गत शुक्रवार विज्ञप्ति जारी गर्दै दुवै राष्ट्र प्रमुखले अमेरिका र चीन बीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने पाटो र संयुक्त चासोको ठाउँमा सँगै काम गर्ने विषयमा छलफल गर्ने बताएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ