arrow

नबिल बैङ्क, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
nabil-bank-mou-jumla-rural.jpg

काठमाडौँ। युवा उद्यमशीलता र स्वरोजगार प्रवर्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैङ्कबीच त्रिपक्षीय समझदारी भएको छ।

यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानीय युवाहरूलाई साथ दिन उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ युवा उद्यम प्रवर्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको बैङ्कले जनाएको छ।

राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतन नाथ योगी र नबिल बैङ्कको तर्फबाट नबिल दिगो बैङ्किङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ