arrow

काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव (फोटोफिचर)

logo
विना सुवेदी
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
kathmandu.jpg

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा मंगबार नेपाल बन्दको आह्वान गरेको थियो । विप्लव नेतृत्वको नेकपाले माग गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा आंशिक देखिएको छ ।

उपत्यकाका तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक यातायातका साधनहरु फाट्टफुट्ट चलिरहेका छन् । निजी सवारी साधन र मोटरसाइकल पनि सँधैको तुलनामा न्यून छ ।

उपत्यकाका लगभग सबै जसो शैक्षिक संस्था, नीजि कार्यालय, एवं अन्य सेवा क्षेत्रहरु बन्द अवस्थामा छन् । धेरै जसो पसल एवं अन्य व्यावसाय समेत बन्द देखिन्छन् ।

उपत्यकाको कोटेश्वर, रिंगरोग, लगनखेल, माइतीघर, सिंहदरबार, सुन्धारा एवं दरबारमार्गलगायतका क्षेत्रमा देखिएका तस्बीहरु तल हेर्नुहोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ