arrow

पुटिनले म्याक्रोंलाई गरे फोन 

logo
सिन्ह्वा,
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
putin-macron.jpg

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्राेंबीच मंगलबार फोन वार्ता भएको छ । त्यस फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा कुराकानी भएको थियो ।

मंगलबार बिहान रुसी राष्ट्रपति पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोंलाई फोन गरेका थिए । त्यसक्रममा उनहरुका बीचमा उक्त विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले पोल्याण्डको प्रहरीले बेलारुसका आप्रवासीहरुलाई नराम्रो व्यवहार गर्ने गरेको भन्ने विषयमा कुरा उठाएका थिए  ।

रुसी राष्ट्रपति पुटिनले यस विषयमा युरोपियन युनियनका नेता तथा तथा पोल्याण्डका नेताहरुले बेलारुससँग प्रत्यक्ष रुपमा कुराकानी गर्न पनि आग्रह गरेको क्रेमलिनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस विज्ञप्तिमा उनहरुबीचको फोनवार्ताका क्रममा युक्रेनका विषयमा पनि कुराकानी भएको थियो । उनहरुबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनहरुका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ