arrow

अमेरिकी सहायक विदेश मन्त्रीपछि उपसहायक विदेशमन्त्री पनि नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
Kelly-Keiderling-Donald-Lu.png

काठमाडौँ । लगातार दुई दिनमा दुई अमेरिकी प्रतिनिधिमण्डल नेपाल आइरहेका छन् । बुधबार (आज) अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौँ आइपुग्दै छन् । 

बिहीबार (भोलि) अमेरिकी उप-सहायक विदेश मन्त्री केल्ली किडरलिङ पनि काठमाडौँ आउने भएकी छिन् । काठमाडौँस्थित अमेरिकी दूतावासले सहायक विदेश मन्त्री लुपछि उपविदेशमन्त्री किडरलिङ काठमाडौँ आइरहेको जानकारी दिएको हो ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री लु मालदिभ्सको भ्रमणपछि आज काठमाडौँ आइपुग्ने भएका हुन् । दुई दिने भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने भएका छन् । यसका साथै उनले विभिन्न सांस्कृतिक सम्पदा स्थलहरूको भ्रमण पनि गर्ने दूतावासले जानकारी दिएको छ ।

यस्तै बिहीबार काठमाडौँ आइपुग्ने दक्षिण तथा मध्य एसियाली मामिलाका लागि उपसहायक विदेश मन्त्री केइडरलिङले सरकारी अधिकारीहरूसँग सँगै नागरिक समाजका अगुवाहरूसँग भेट गर्ने भएकी छिन् । 

दुवै उच्च अमेरिकी अधिकारीले नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठ अघि नेपाल भ्रमण गरिरहेको दूतावासले जनाएको छ । 

राष्ट्रपति जो बाइडेनको मुख्य प्राथमिकताको एक पाटोकारुपमा उनीहरूले कोभिड १९ महामारी, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने जस्ता विषयमा छलफल गर्ने दूतावासले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास नगरी संसद् अधिवेशन समाप्त हुँदा एमसीसीको मुख्यालयले केही अघि मात्रै असन्तुष्टि पोखेको थियो । 

नेपालमा एमसीसी परियोजना विवादित रहेका बेला अमेरिकी कूटनीतिज्ञहरूको भ्रमणलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । यद्यपि, उनीहरूको भ्रमणको विषयमा दूतावासले एमसीसी सम्बन्धी कुनै कुराहरू हुने विषय भने उल्लेख गरेको छैन । 

एमसीसीकै विषय सतहमा रहेका बेला एमसीसीकी उपाध्यक्ष फतिमा जी सुमरले पनि नेपाल भ्रमण गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ