arrow

सवारी साधनमा 'इम्बोस्ड नम्बर प्लेट' अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
embossed-number-plate.jpg

काठमाडौँ । बुधवारबाट दर्ता हुने नयाँ सवारीसाधनमा अनिवार्य रूपमा 'इम्बोस्ड नम्बर प्लेट' जडान गर्नुपर्ने भएको छ ।सरकारले राजपत्रमा प्रकाशित गरे अनुसार आजबाट दर्ता हुने सातै प्रदेशका सबै सवारी साधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको हो ।

बुधवारदेखि दर्ता हुने नयाँ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए ।  

यस्तै अब, आउँदो फागुन १ गतेदेखि नाम सारी हुने सबै सवारीसाधनमा पनि इम्बोस्ड प्लेट जडान गर्नुपर्नेछ ।

यस्तै आगामी वैशाख १ गतेदेखि सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्ने सम्पूर्ण सवारीसाधनले पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ ।

यद्यपि, यो मिति भन्दा पनि अगावै कुनै सवारी धनीले दस्तुर बुझाएर निवेदन दिएमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न पाउनेछन् ।

इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात व्यवस्था विभागको वेबसाइटमार्फत आवेदन दिन सकिन्छ ।

आवेदन दिएपछि प्राप्त कोड लगेर तोकिएको यातायात व्यवस्था कार्यालयमा गएर थप प्रक्रिया पुरा गरी इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिनेछ ।

आधुनिक प्रविधिको प्रयोग गरेर बनाइएको इम्बोस्ड नम्बर प्लेटमा अङ्क र अक्षर मेशिनबाट छापिएको हुन्छ। इम्बोस्ड नम्बर प्लेट फेर्न सकिँदैन यसलाई नष्ट मात्रै गर्न सकिन्छ । यसो हुँदा सवारी चोरी हुने सम्भावना पनि घट्छ ।

यसका साथ साथै टाढाबाट पनि नम्बर देख्न सकिने इम्बोस्ड प्लेटमा हुने विशेष स्टिकरले सवारी धनीको सबै जानकारी राख्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ