arrow

'अदालतबाटै समस्या समाधान होस् भन्ने चाहेका छौँ' 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
prachanda-dahal-media-brief.jpg

धनुषा ।  सर्वोच्च अदालतमा देखिएको समस्या अदालतबाटै समाधान होस् भन्ने सरकारले चाहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्  । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, “आशा गरौँ, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक-दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौँ ।”

उनले अदालतमा देखिएको समस्या एक-दुई दिनमा समाधान नभए राजनीतिक रूपमा हल गरिने बताए ।  समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो-आफ्नो ठाउँबाट पहल गरिरहेको पनि उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ