arrow

सबै भन्दा बढी आयकर तिर्ने नबिल बैङ्क छैटौँ पटक सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
nabil-bank-ird-award-2078.jpg

काठमाडौँ। आर्थिक वर्ष २०७६-२०७७ मा बैङ्क तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैङ्कलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ। बैङ्कले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो। विभागले मङ्सिर १ गते कर दिवसको अवसर पारेर बैङ्कहरूमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैङ्कलाई राखेको थियो।

पछिल्लो १० वर्षमा छैटौँ पटक बैङ्कहरूतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको यस नबिल बैकले व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र कर भुक्तानी मार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्‍याएकोमा गर्व महसुस गरेको छ। विभिन्न बैङ्किङ गतिविधिहरूको सुरुवात गरेको यस बैङ्कले अर्थव्यवस्थालाई उकास्ने मात्र नभई समस्त जनताको जीवन यापन र उनीहरूको आर्थिक वृद्धिमा समेत व्यापक पहुँच पुराइरहेको छ।

नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ। यो भनेको बैङ्कको कुल पुँजीको १ दशमलव १६ गुणा बढी हो।

बैङ्किङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैङ्कको परिचय बनाएको बैङ्कले आफ्ना लगानीकर्तालाई उच्च प्रतिफल र राज्यलाई आर्थिक योगदान पुर्‍याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कको १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ