- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
आज मिति २०७८ मंसिर २ गते बिहीबार, इस्वीसंवत नोभेम्बर १८ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ ।
चान्द्रमान अनुसार कात्तिक शुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिक शुक्लपक्षको चतुर्दशी तिथि रहनेछ । आज नक्षत्रमा भरणी, विष्कुम्भादि योगमा वरियान, करणमा वणिज र आनन्दादि योगमा शुभ रहनेछ ।
सूर्य तुला राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २६ घटि ४४ पला अर्थात १० घण्टा ४६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर २७ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०९ बजे हुनेछ ।
आजको राशिफल
मेष : ग्रह गोचर उपलब्धिमूलक देखिन्छ । तथापि उपयुक्त उपलब्धि हासिल गर्न स्वकर्ममा लगनशील रहनु पर्ने देखिन्छ । व्यवहारिक ढङ्गलले अघि बढ्नाले केही महत्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । व्यवसायले फट्को मार्ने र आर्थिक एवं भौतिक कठिनाई कम गर्न सकिने छ ।
वृष : दिन अनुकूल देखिएको छैन । मनमा संकोचित विचार बढ्न सक्ने तथा कसैसँग मनमुटाव हुनसक्ने पनि सम्भावना प्रतित भइरहेको छ ख्याल पुर्याउनु होला । पारिवारिक भार बढ्न सक्ने एवं अभाव खििट्कन सक्ने देखिन्छ । केही असन्तुष्टिको सामना गर्नपर्ने हुनसक्छ ।
मिथुन : समय शुभ छ । पराक्रम बढ्ने हुनाले पुरुषार्थकर रहनेछ । शारीरिक जोशजाँगर बढ्ने हुनाले रोकिएर रहेका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ ।
कर्कट : समय मध्यम छ । सोँचविचार नपुर्याई अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्ला । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चाताप पार्नसक्ने छ । आयमा मन्दि आउने तथा सञ्चित धन खर्च हुने, अस्वस्थता बढ्न सक्ने देखिन्छ ।
सिंह : समय शुभ छैन । कार्यमा अबरोध आउने र मानसिक अशान्ति बढ्नसक्ने गोचरप्रभाव छ । विचारमा पनि संकिर्णता आउनाले संसर्गीसँग कटुता बढ्न सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न ।
कन्या : समय राम्रो छैन । बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु पर्नेछ । सामान्यतया व्यवसायिक कार्यलाई बढाउने दिन परेको छ । सञ्चित धनको आकस्मिक खर्चलाई भने नकार्न सकिन्न । परिवारमा नयाँ सदस्य वा नाता–कुटुम्ब अर्थात परदेशी कसैको आगमनले रौनक थपिनेछ ।
तुला : स्वास्थ्य राम्रो रहनेछ । दिन राम्रो खालको अवसर प्राप्त हुने भएकोले त्यसको सदुपयोग लागि आत्मबल बढाउन पर्ने देखिएको छ । मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुन सक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी बढ्न सक्ने छ ।
वृश्चिक : समय शुभ छ । विपरितलिङ्गी तर्फको आकर्षण तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुनेछ । प्रेम तथा विवाहको प्रस्ताव आउनसक्ने कुरालाई पनि नकार्न सकिन्न । व्यवसायिक उन्नति हुनगइ बैंक ब्यालेन्स तथा कोष बढ्नेछ ।
धनु : समय खराब छ । सन्दर्भविनाको प्रसङ्गका कुराले अनावश्यक विवाद सृजना गर्नसक्ने र आफैलाई हलुङ्गो बनाउनसक्ने छ । सहजरुपमा उपलब्धि प्राप्त हुन गाह्रो देखिन्छ । विशेष काममा वैकल्पिक माध्यम अप्नाउनु बुद्धिमानी हुनेछ ।।
मकर : स्वास्थ्य राम्रो रहनेछैन । कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद् आउने छ ।
कुम्भ : स्वास्थ्य भरपर्दो रहनेछ, समय पनि शुभ छ । वाणीमा ओजस्विता एवम् माधुर्यताको विकास हुने ग्रहयोग परेको छ । समुन्नति हुने दिन परेकोले व्यापार एवम् व्यवसाय आदिमा राम्रो कारोबार हुन सक्ने छ ।
मीन : समय खराब छ । आजको दिन संघर्षको अनुभूति गराउने खालको रहेको छ । झुटो आरोपको पनि सम्भावना भएकोले सावधानीपूर्वक सामाना गर्नु पर्ला । हतारभन्दा पनि सोँचविचार गरेर मात्रै प्रस्तुत हुनु बुद्धिमानी हुनेछ ।
साइतः आज सूर्य वृश्चिम र चन्द्रमा मेष राशिमा छन् । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६ः२५ बजेदेखि ०७ः४६ बजेसम्म शुभ बेला
बिहान ७ः४६ बजेदेखि ०९ः०६ बजेसम्म रोग बेला
बिहान ०९ः०६ बजेदेखि १०ः२७ बजेसम्म उद्धेग बेला
बिहान १०ः२७ बजेदेखि ११ः४८ बजेसम्म चर बेला
बिहान ११ः४८ बजेदेखि १ः०९ बजेसम्म लाभ बेला
दिनमा १ः०९ बजेदेखि २ः२९ बजेसम्म अमृत बेला
दिनमा २ः२९ बजेदेखि ३ः५० बजेसम्म काल बेला
दिउँसो ३ः५० बजेदेखि ५ः११ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)