- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले न्यूजिल्याण्डविरुद्ध बदला लिएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बेहोरेको हारको बदला भारतले न्यूजिल्याण्डविरुद्ध घरेलु मैदानमा लिएको हो । गत हप्ता सम्पन्न विश्वकपमा भारत न्यूजिल्याण्डसँग पराजित भएको थियो ।
बुधबार राति जयपुरमा भएको पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । न्यूजिल्याण्डले दिएको १६५ रनको विजयी लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो ।
भारतलाई जिताउन प्लेयर अफ द म्याच सूर्यकुमार यादवले ६२ रन बनाए । उनले ४० बलमा ३ छक्का र ६ चौका हानेका थिए ।
कप्तान रोहित शर्माले ३६ बलमा ४८ तथा ऋषभ पन्तले १७ बलमा नटआउट रहँदै १७ रन बनाए ।
ट्रेन्ट बोल्डले २ तथा टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ६ विकेटको नोक्सानीमा १६४ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि मार्टिन गुप्टिलले ७० तथा मार्क चापम्यानले ६३ रन बनाए ।
भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २–२ तथा दिपक चाहर र मोहमद सिराजले १–१ विकेट लिए ।
जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।