arrow

पर्सामा कांग्रेसलाई पुनर्जीवन दिन चौहानको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
dipendra-chauhan-journalist.jpg

वीरगञ्ज । पत्रकार दीपेन्द्र चौहानले नेपाली कांग्रेसको वीरगञ्ज महानगर सभापतिमा उम्मेदवारी दिने भएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रहेका उनले पार्टीलाई थप बलियो र व्यवस्थित बनाउन सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी दिए । 

हाम्राकुरासँग उनले भने, ‘मेरो उम्मेदवारी परिवर्तनको निम्ति हो । पर्सा कांग्रेसको गढ थियो । तर हामीले अधिकांश तह हार्यौं । अब पर्सामा कांग्रेसलाई पुनर्जीवन दिनका लागि मैले उम्मेदवारी दिन लागेको हुँ ।’

उनले नयाँ जोश र जाँगरका साथ पर्सामा कांग्रेसलाई अगाडि बढाउने आवश्यकता रहेको र त्यसका लागि पूर्ण प्रयास गर्ने बताए । 

चौहानले पार्टीको संगठन निर्माण र कांग्रेसलाई महानगरमा शक्तिशाली बनाउन काम गर्ने योजना बनाइसकेको पनि बताएका छन् । उनले चाकडी र चाप्लुसीले नेता बनेर भन्दा काम गरेर नेता बन्ने अठोट लिएका छन् । 

उनी तीन दशकदेखि पत्रकारितामा संलग्न छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ