arrow

एमसीसीविरुद्ध शनिवार खुलामञ्चमा झाँकीसहितको आमसभा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
mcc-birodh.JPG

काठमाडौँ । कर्ण जित बुढाथोकीको नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी)ले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)को विरुद्ध खबरदारी गर्न भोलि खुलामञ्चमा विशाल आमसभा गर्ने भएको छ । 

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रघाती एमसीसी खारेजीको मागको लागि आयोजना गरिएको आमसभाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइएको हो । पार्टीले भोलि (मङ्सिर ४ गते) बिहान ११ बजे खुलामञ्चमा उपस्थित भई एमसीसीको खारेजीको माग गर्न पनि सबैलाई आग्रह गरेको छ । 

कार्यक्रममा बोल्दै पार्टीका महासचिव नरेश शाहीले भोलिदेखि हुने आन्दोलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनले राष्ट्र घातबाहेक केही गर्न नसक्ने नवदलाल पुँजीवाद संसदीय सत्ता व्यवस्थाका भाइरसहरूले राष्ट्रघातकै निरन्तरतामा एमसीसी फेरी हाम्रो स्वाधीन राष्ट्रमाथि थोपार्न खोजेको आरोप लगाए । असफल सत्ता व्यवस्थाको सही र वैज्ञानिक विकल्प दिन राष्ट्रिय राजनीतिक जनपरामर्श सम्मेलन गरि सर्वपक्षीय सर्वदलीय संयुक्त राष्ट्रिय सरकार र कम्युनिस्ट सम्मेलन सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएको समेत जिकिर गरे । 

शनिवार खुलामञ्चमा गर्न लागेको एमसीसीको खारेजीको लागि आफ्नो उपस्थिति जनाएर सहयोग गरिदिन सबैलाई आग्रह गरे । उनले जनसभामा करिब २० हजारको सङ्ख्याको उपस्थिति हुने आङ्कलन समेत सुनाए । जनसभामा विभिन्न झाँकीसहितको उपस्थिति हुने जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ