arrow

ओली-प्रचण्डलाई भेटे सहायक विदेश मन्त्री लुले, आजै अमेरिका फर्किँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
donald-lu-us-nepal.jpg

काठमाडौँ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् । 

शुक्रवार पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग भएको शिष्टाचार भेटमा पारस्परिक हित तथा सरोकारका क्षेत्रमाथि छलफल भएको काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ ।

यस्तै आज नै अमेरिकी सहायक विदेश मन्त्री लुले पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेट गरेका हुन् । प्रचण्डसँग पनि  शिष्टाचार भेटवार्ता गरेको दूतावासले जनाएको छ ।

सहायक विदेश मन्त्री लु र उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ आज नै अमेरिका फर्किने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका लागि लु बुधवार नेपाल आइपुगेका थिए भने किडरलिङ बिहीबार बिहान नेपाल आइपुगेकी थिइन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आज साँझ नै दुवै जना अमेरिका फर्किने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ