arrow

एमालेको महाधिवेशनमा नबोलाएकोप्रति नेपालको व्यङ्ग- नबोलाएको ठाउँमा पाहुना बन्ने बानी छैन 

एमाले इतिहासको विषय बन्ने दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
madhav-kumar-nepal-media-brief.jpg

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू एमालेको महाधिवेशनमा सहभागी नहुने बताएका छन् । चितवनको पत्रकार सम्मेलनमा उनले नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको बताए । 

नेपालले भने, “नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।” उनले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गरे । नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने उनको दाबी थियो ।अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उनले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताए ।

समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताए । उनले भने, “राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।” अन्य निर्वाचनको विषयमा सकारात्मक रूपमा छलफल भइरहेको उनको भनाइ छ । 

एक फरक प्रसङ्गमा उनले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताए । पाँच दलबिच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उनले प्रधानमन्त्री राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ