arrow

पश्चिमी राष्ट्रहरूले मस्को र बेइजिङ बिच फाटो ल्याउने प्रयास गरिरहेको पुटिनको भनाइ

चिनियाँ मित्रहरूसँग मिलेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौँ

logo
सिन्ह्वा,
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
putin4.jpg

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले मस्को र बेइजिङको बिचमा फाटो ल्याउने प्रयास गरिरहेको भनाइ राखेका छन् । 

रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले "खुल्ला रूपमा मस्को र बेइजिङको बिचमा फाटो ल्याउने प्रयास गरिरहेको" समेत टिप्पणी गरेका हुन्। 

"हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौँ," पुटिनले भने ।

पुटिनले रुस र चीनबिचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको बताए । दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले भने- "हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौँ ।" 

उनले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरराज्यीय सहयोगको नमुनाका रूपमा काम गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ