arrow

नबिल बैङ्क हस्तकला प्रतियोगिताको आधिकारिक बैङ्किङ पार्टनर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
nabil-handicraft-2078-mela.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले नेपाल हस्तकला महासङ्घको आयोजनामा ३ मङ्सिर देखि ५ मङ्सिरसम्म हयात रिजेन्सी होटेल काठमाडौँमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैङ्किङ पार्टनरको रूपमा नेपाल हस्तकला महासङ्घसँग साझेदारी गरेको छ।

नबिल बैङ्कको तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख नीरज बस्नेत डनिल र नेपाल हस्तकला महासङ्घका तर्फबाट नेपाल हस्तकला महासङ्घका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल हस्तकला महासङ्घ सँगको सम्बन्धलाई निरन्तरता दिँदै यस वर्ष समेत नबिल बैङ्कले महासङ्घको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ। महासङ्घ सँग बैङ्कको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैङ्कको पहल तथा बैङ्कको दिगो बैङ्किङ दृष्टिकोण अनुरूप यो साझेदारी गरिएको हो। यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैङ्कको रूपमा नबिल बैङ्कको प्रतिबद्धतालाई झल्काउँदछ।

एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैङ्किङ पार्टनरको रूपमा सहभागी हुन पाउँदा र्गवभान्वित महसुस गरेको बैङ्कका साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभागका प्रमुख नीरज कुमार बस्नेत डनिलले  बताए। साथै, यस वर्ष कोभिड महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुनरुत्थान गर्न आर्थिक पहुँच पुर्‍याई दक्ष जनशक्तिको रोजगारी सुनिश्चित गर्न सहयोग हुने समेत बस्नेतले बताए।

नेपाली हस्तकला उद्यम र व्यवसाय प्रवर्द्धनका लागि आयोजना गरिने राष्ट्रिय स्तरका व्यापार मेलाहरूमा महासङ्घ सँग नेपालको अग्रणी नबिल बैङ्क लिमिटेडले निरन्तर रूपमा गरिआएको सहयोग र सहकार्यले उद्यमी एवं समस्त हस्तकला व्यवसायलाई ऊर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासङ्घका महानिर्देशक तारक थापाले बताए। साथै, आगामी दिनमा समेत नबिल बैङ्कबाट निरन्तर सहयोग र सहकार्य हुने अपेक्षा व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ