arrow

कांग्रेस स्याङ्जाः चार वटै प्रदेश क्षेत्रमा सभापति निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
Congress-convention-14-nepa.jpg
फाइल तस्बिर

वालिङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका चार वटै प्रदेश सभामा सभापति सहितका पदाधिकारी निर्वाचित भएका छन् ।    शुक्रबार सम्पन्न अधिवेशनबाट स्याङ्जा क्षेत्र नं १ प्रदेशसभा क को सभापतिमा केशरबहादुर खाँण (ध्रुब), ख मा प्रकाश तिवारी, २ को क मा अर्जुनप्रसाद खनाल र ख मा महेश भट्टराई निर्वाचित भएका छन् । 

स्याङ्जा २ क मा अर्जुनप्रसाद खनाल ३२७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी विद्या श्रेष्ठले २५१ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा कुलबहादुर गुरुङ, भविश्वर कोइराला, सचिवमा डण्डापानी पङ्गेनी, अमृत अर्याल, सहसचिवमा दिक्षान्तप्रताप खाँण, बोधराज कुँवर निर्वाचित भएका छन् । 

कूल ५९८ मतदाता रहेकोमा ५९३ मत खसेको थियो । त्यसैगरी २ ख मा महेश भट्टराई विजयी भएका छन् । भट्टराईले ३८२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कमलप्रसाद रेग्मीले १७४ मत प्राप्त गरे । उपसभापतिमा सर्वसम्मतबाट टीकाराम तिवारी र खगीसरा आले निर्वाचित भएका हुन् । 

सचिवमा निर्वाचनबाट गोकर्णप्रसाद भट्टराई, रमेश बस्याल, सहसचिवमा विश्वप्रकाश भट्टराई र माया भट्टराई निर्वाचित भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ