arrow

रोहित शर्मा र राहुल द्रविड पहिलो अग्निपरीक्षामै उत्कृष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
rohit-sharma-india.jpg

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमले नयाँ प्रशिक्षक र नयाँ कप्तान पाएको छ । दुवैले पहिलो सिरिज पनि खेलिसकेका छन् । र दुवैले पहिलो अग्निपरीक्षामा उत्कृष्ट प्रदर्शन गरेका छन् । 

विश्वकप टी–२० क्रिकेटमा समूह चरणबाटै बाहिरिएको विराट कोहली (कप्तान) र रवि शास्त्री (प्रशिक्षक) को जोडीलाई विस्थापित गर्दै रोहित शर्मा (कप्तान) र राहुल द्रविड (प्रशिक्षक) को जोडी आएसँगै भारतीय टिमले चमत्कार गरेको छ । 

विश्वकपको हारको आँशु सुक्न नपाउँदै भारतले घरेलु मैदानमा खेलिरहेको टी–२० सिरिजमा उत्कृष्ट खेलेको हो । 

विश्वकपको खेलमा पराजय बोहेरेको न्यूजिल्याण्डविरुद्ध घरेलु मैदानमा भने भारतले शानदार खेलेको छ । भारतले तीन खेलको सिरिज २–० ले जितिसकेको छ । 

लगातार दुई खेल जितेको भारतले एक खेल अगावै सिरिज सुरक्षित गरेको हो । रोहितले पहिलो पटक भारतको नियमित कप्तानीको जिम्मा पाए । त्यसैगरी एकेडेमीका अध्यक्ष रहेका द्रविडले पहिलो पटक सिनियर टिम सम्हाल्ने अवसर पाएका हुन् । 

यस्तो भयो दोस्रो खेल
राँचीमा शुक्रबार राति भएको दोस्रो खेलमा भारतले न्यूजिल्याण्डलाई ७ विकेटले हरायो । न्यूजिल्याण्डले दिएको १५४ विजयी लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा केएल राहुलले ६५ तथा कप्तान रोहितले ५५ रन बनाए । भेन्कातेश आयर  र ऋषभ पन्तले नटआउट रहँदै समान १२ रन बनाए ।

तीन वटै विकेट टिम साउथीले लिएका हुन् ।

यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ६ विकेटको नोक्सानीमा १५३ रन बनाएको थियो । ग्लेन फिलिप्सले ३४ रन बनाए । मार्टिन गुप्टिल र डारिल मिचेलले समान ३१ रन जोडे ।

भारतका प्लेयर अफ द म्याच हर्षल पटेलले २ विकेट लिए ।  भुवनेश्वर कुमार, रविचन्द्रन आश्विन, दिपक चाहर र अक्षर पटेलले १–१ विकेट लिए ।

पहिलो खेल भारतले ५ विकेटले जितेको थियो । 

तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ