arrow

कांग्रेस पाँचथर प्रदेशसभा अधिवेशनले कसलाई चुन्यो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
congress-14th-general-convention.jpg

पाँचथर । पाँचथरका दुवै प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । दुवै क्षेत्रीय कार्यसमितिमा मतदानमार्फत कांग्रेसले नयाँ नेतृत्व चयन गरेको हो । 

नेपाली कांग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ‘क’ मा भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ । क्षेत्रीय कार्यसमितिको सभापति पदमा योङहाङले २९६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कुमार राई (प्रताप) ले २६२ मत प्राप्त गरेका छन् । 

कार्यसमितिको सचिवमा योङहाङको प्यानलका यससुन्दर आचार्य र सन्तोष मोक्तान विजयी भएका छन् । आचार्यले ३२६ मत र मोक्तानले २७८ मत गरेका छन् । सचिव पदमा राईको प्यानलका केशव गुरागाईंले २३० मत र टेकराज योङहाङले २०७ मत प्राप्त गरेका छन् ।  

सहसचिवमा योङहाङको प्यानलका नरेन्द्र पन्थाक ३०६ मत र सुन्दर थोक्लिहाङ ३१४ मत पाई विजयी भएका छन् । सहसचिव पदमा राईको प्यानलका राजन बुढाथोकीले २२१ मत र रुपेन्द्र तामाङले १७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत लक्ष्मीप्रसाद ढुङ्गानाले घोषणा गरे । 

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ‘क’ बाट अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ५८४ जना चुनिएका छन् । जसमध्ये हिजो बिहान भएको मतदानमा ५७२ जनाले भाग लिएका थिए । 

बाह्र जना भने मतदानमा अनुपस्थित थिए । क्षेत्रीय कार्यसमितिको उपसभापतिमा भने भरतकुमार खपाङ्गी र सीताराम न्यौपाने सर्वसम्मत निर्वाचित भएको छ । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं क को मतगणना हिँजो बेलुकी सम्पन्न भएको हो ।

प्रदेशसभा क्षेत्र नं ‘ख’ को सभापतिमा मैया श्रेष्ठ (लावती) विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार उनले २७३ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । 

उनका प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामाले २०९ मत प्राप्त गरेका छन् । उपसभापति पदमा श्रेष्ठको प्यानलका तेजबहादुर चेम्जोङ २९१ मत र लामा प्यानलका जीतबहादुर भण्डारी २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसभापति पदमा गणेश मिश्रले ११२ मत र महेन्द्रकुमार आङ्देम्बेले १८६ मत पाएका छन् । प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सचिवमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत भएका छन् । 

यस्तै दुई सहसचिवमा ज्योति प्रभा भण्डारी २७२ र नरेन्द्र शेर्माले २४२ मतसहित विजयी भएका छन् । सहसचिव पदमा गोपाल घिमिरेले १८० मत र भीमप्रसाद हुमागाईले १४५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ‘ख’ मा काँग्रेसको क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि वडा कार्यसमितिका सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ