arrow

थप २३८ मा संक्रमण पुष्टि, एक जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
corona-covid-dalta-plus.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नौ हजार १२३ को पीसीआर परीक्षण गरिएको थियो । 

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या आठ लाख १९ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३१४ रहेको छ । 

पछिल्लो समय थप ३७० जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ३५९ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ । 

त्यसैगरी पछिल्लो समय ४० हजार १४जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको सङ्ख्या सात हजार १६४ रहेको छ । हाल होम आइसोलेसनमा ६ हजार ६९६ छन् । संस्थागत आइसोलेसनमा ४६८ , आईसीयूमा २२७ र भेन्टीलेटरमा ५१ जनाको उपचार हुँदैछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ