arrow

महासङ्घको विज्ञप्ति प्रोपोगाण्डा मात्र : महासचिव शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
ajaya-siwakoti.JPG

विराटनगर । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पत्रकारको राजनीतिक निर्वाचनदेखि अधिवेशनमा सहभागितालाई लिएर सकारात्मक हुन आग्रह गरेका छन्। 

नेपाल पत्रकार महासङ्घले हाल जारी अधिवेशनका क्रममा पत्रकारको संलग्नताको विषयलाई विज्ञप्ति जारी गरेसँगै महासचिव शिवाकोटीले आइतबार विराटनगरमा पत्रकारसँगको छलफलमा महासङ्घको विज्ञप्ति प्रोपोगाण्डा मात्र भएको बताएका छन्।

 राजनीतिक दलसङ निकटता राख्दै आएको पत्रकारिता इतिहास नबिर्सन सुझाव दिदैं महासविच शिवाकोटीले अधिवेशनमा सहभागी भएको भरमा जागिरबाट निकाल्ने धम्की दिएका संस्थालाई कारबाही गर्न चुनौती दिए। 

‘विभिन्न दलको जारी अधिवेशनसँग जोडेर सञ्चार प्रतिष्ठानहरुले पत्रकारलाई पेशाबाट बाहिर गराउने प्रकृतिको धम्की समेत आइरहेको छ, महासङ्घले यस विषयमा कुरा राख्नु सक्नुपर्छ,’ उनले भने। 

महासङ्घ भित्र पनि केही व्यक्ति सक्रिय राजनीतिमा रहँदै गर्दा महासङ्घमा अटाउनु भएको संस्मरण गराउँदै शिवाकोटीले महाधिवेशन पहिलो पटक नभएको र विगतमा समेत विभिन्न दलका भातृसंस्थाको रहेका पत्रकार त्यसको प्रतिनिधि समेत बन्दै आएको बताए।

 स्थानीयदेखि प्रदेश तहको निर्वाचनमा पत्रकारहरू प्रचार समितिमा रहेर काम गरेको जनाउँदै उनले ती निर्वाचनमा पत्रकारहरू दलीय उम्मेदवार भएर हिँडेको बताए। 

उनले भने, ‘विगतका निर्वाचनमा पत्रकार दलीय राजनीतिमा होमिएका थिए। ती निर्वाचनमा हारेर पुनः यसै पेशामा फर्किएका छन्। उनीहरूको हकमा महासङ्घले क्षमादान गर्ने भन्ने कुरा अहिलेको विज्ञप्तिले महासङ्घको दोहरो भूमिका छल्किएको छ।



नयाँ