arrow

जाजरकोट काँग्रेसको नेतृत्व सर्वसम्मतमा, बेदराज सिंह बने सभापति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
bejraj-shing-jajarokt.jpg

जाजरकोट। जाजरकोट काँग्रेसको नेतृत्व सर्वसम्मतमा चयन भएको छ। सहमतिमै जिल्ला सभापति सहित कार्यसमिति, महाधिवेशन र महासमिति सदस्यहरू चयन भएको हो। यसको औपचारिक घोषणा सोमबार निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी मनोनयन भए पछि हुनेछ।

सहमति अनुसार जाजरकोट काँग्रेसको सभापतिमा बेदराज सिंह, उपसभापति रत्न बहादुर खड्का र खडक बिसी, सचिव तेज विक्रम शाह र हरिचन्द्र बस्नेत, सह सचिवमा छवि पन्त र खड्का बुढा पजारु भएका छन्। 

त्यसैगरि प्रदेश क क्षेत्रीय सभापति लीला बहादुर शाह र ख मा जनक शर्मा न्यौपाने लगायत कार्यसमिति निर्विरोध भएको छ ।

सहमति अनुसार नेपाली काँग्रेसको महासमिति सदस्यमा राजीव विक्रम शाह, दीपक जङ्ग शाह, सनत कुमार कार्की, मुक्ति प्रसाद आचार्य, इलम बहादुर शाही, महेन्द्र बहादुर शाह, भूमिलाल रोकाय, मैना कार्की रावल, रामछाया शाही, गीता शाही, धर्म नेपाली भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ