arrow

बार एसोसिएसनका पदाधिकारीले सभामुखलाई भेटेर बुझाए ज्ञापन पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
Agni_sapkota.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएको छ ।

सोमबार विहान १० बजे सर्वोच्च अदालत परिसरमा कालो पट्टीसहित धर्नामा बसेका बार आबद्ध कानून व्यवसायीहरुले न्यायालय सुदृढीकरणको माग राख्दै सभामुखलाई ज्ञापनपत्र बुझाएका हुन्।

धर्नाको कार्यक्रम सकेर दिउँसो दुई बजे सभामुखलाई भेटेर उनीहरुले ज्ञापन बुझाउँदै सर्वोच्चमा जारी आन्दोलन तथा न्याय क्षेत्रका बेथितिहरुको बारेमा जानकारी गराएका हुन् ।

सभामुखसँगको भेटमा बारका पदाधिकारीहरुले प्रधानन्यायाधीश पद मुक्त गराउन संसदले सघाउनुपर्ने भन्दै सोहीबमोजिम भूमिका खेल्न आग्रह गरेका छन् ।

बारको आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार संसदमा रहेका दलहरुलाई संसदीय दलमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको थियो ।

धर्नाका क्रममा बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले गरेका विवादित फैसलाहरुको बारेमा आफूहरुले अध्ययन गरिरहेको बताएका थिए । उनले जबराले पैसा खाएर गरेका फैसलाबारे जनतालाई जानकारी गराएरै छाड्ने प्रतिवद्धता पनि जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ