arrow

बाँकेबाट सशस्त्र प्रहरीद्वारा साढे ५ लाखको कपडा बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
sdddas.JPG

नेपालगन्ज ।  नेपालगन्जबाट सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याइँदै गरिएका ठुलो परिमाणमा अवैध कपडा  बरामद गरेको छ ।

नेपालगन्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तीर्थ भाटको कमान्डमा गएको टोलीले सोमबार बिहान ४ बजे भारतबाट भन्सार छली गरेर खजुरा हुँदै ल्याउँदै गरेको ठुलो परिमाणको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिएका छन् । 

विशेष सूचनाका आधारमा गएको सहायक निरीक्षक भाटको टोलीले खजुरा ७ सिमलघारीबाट भारतबाट लुकाई छिपाई नेपालगन्ज ल्याउँदै गरिएको ५ लाख ५८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए।

सशस्त्र प्रहरी उपरीक्षक बमका अनुसार बरामद गरिएका अवैध लत्ताकपडामा २ लाख ८८ हजार रुपैयाँ बराबरको सुटपाइन्टको २८८ थान कपडा र २ लाख ७० हजार रुपैयाँ बराबरको ९० पिस  विवाहमा लगाउने साडी रहेका छन् ।

बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आवश्यक कारबाहीको लागि सोमबार दिउँसो  नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ