arrow

प्रदेश दुईको सभापतिमा मन्त्री यादवले उम्मेदवारी दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
ramsaroj-yadhav.JPG

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादवले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा प्रदेश नम्बर दुईको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । । सोमबार जनकपुरधाममा प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले निर्वाचनमा आफू प्रदेश नम्बर दुईको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पार्टीले दिएको हरेक जिम्मेवारी आफूले इमानदारी पूर्वक वहन गरेको र प्रत्येक जिम्मेवारी सफलता पूर्वक निर्वाह समेत गरेको यादवले बताए । सो घोषणामा मन्त्री यादवले आफू पार्टीभित्र ३९ वर्षदेखि सक्रिय रूपमा कार्य आएको र पार्टीको विभिन्न पदहरू हुँदै धनुषा जिल्लाको पार्टी सभापति बनेको स्मरण गरे।

नेपाली काँग्रेसका प्रदेश २ का संसदीय दलका नेता समेत रहेको मन्त्री यादवले नेपाली काँग्रेसको धनुषा जिल्लामा आफ्नै कार्यालय भवन नरहेको अवस्थामा आफ्नै कार्यकाल एवं सक्रियतामा कार्यालय भवन निर्माण गरेको जानकारी दिँदै प्रदेश सभापतिमा विजयी भएपछि प्रदेश नम्बर दुई को जनकपुरधाममा नेपाली काँग्रेसको प्रदेशस्तरीय पार्टी कार्यालय बनाउने घोषणा समेत गरे।

उनले प्रदेश नं. २ को सभापतिमा विजयी भए पार्टीको कार्यालय भवनका साथै पार्टीको सङ्गठन सुदृढीकरण पनि गर्ने प्रतिबद्धता जनाए।

पत्रकारहरूको जिज्ञासामा अगामी केन्द्रीय निर्वाचनमा नेपाली काँग्रेसको सभापतिमा विमलेन्द्र निधीलाई सहयोग गर्ने र उनको प्रत्येक अभियानमा सँगसँगै रहने समेत जानकारी गराए। 

धनुषा जिल्लामा निधी र रामसरोज यादव अलग अलग समूहमा रहेको चर्चा परिचर्चा गर्दै जाँदा यादवले गरेको यो घोषणाबाट धनुषामा निधी समूह बढी सङ्गठित रूपमा अघि बढ्ने देखिएको छ ।

यादवको घोषणाले धनुषा जिल्लाका साथसाथै महोत्तरी, सिराहा, सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा सहितका जिल्लाहरूमा पनि यसको प्रभाव पर्ने बताए ।



नयाँ