- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खुलातर्फ १० जनामा प्रतिष्पर्धा गरेका श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । उनले ३ सय २० मत प्राप्त गरे ।
सो क्षेत्रमा श्रेष्ठसहित खुलातर्फबाट डा. सूर्यकान्त घिमिरे, शंकरप्रसाद कंडेल, टेकप्रसाद गुरुङ, दिनेश कोइराला, कैलाश कोइराला, रामकृष्ण घिमिरे, विजय शर्मा भुसाल, भरत गुरुङ र चन्द्रध्वज गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।