arrow

अमेरिकाले आपतकालीन भण्डारबाट तेल निकाल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
ak_usoil.jpg

काठमाडौँ । अमेरिकाले मङ्गलवार आपतकालीन भण्डारको तेल रिलिज गर्न सक्ने बताइएको छ । विश्व बजारमा र खासगरी एसियाली मुलुकहरूमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध लड्न जो बाइडेन प्रशासनले यस्तो निर्णय गर्न लागेको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ ।

पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक) ले तेल उत्पादन बढाउने माग अस्वीकार गरेपछि अमेरिकाले यस्तो कदम चाल्न लागेको हाे । कोरोना भाइरसको महामारी कम हुँदै गएका बेला विश्वभर अर्थतन्त्रहरू उकासिने क्रममा छन् । यसबीचमा ऊर्जा र खास गरी पेट्रोलियम पदार्थको माग बढेको छ ।

मुख्य तेल उत्पादक र निर्यातकर्ता मुलुकहरूकाे सङ्गठन ओपेक र ओपेक प्लसले तेल उत्पादन नबढाउँदा पेट्रोलियम पदार्थको मूल्य बढेको हाे । यसले अर्थतन्त्रमा ठूलो भार थप्न थालेको छ ।

यसै समस्यालाई मध्यनजर गर्दै बाइडेन प्रशासनले आपतकालीन भण्डारणमा रहेको कच्चा तेल रिलिज गर्ने भएको हो । यसअघि चीन, भारत, दक्षिण कोरिया र जापानलाई अमेरिकाले भण्डारणबाट तेल रिलिज गर्न आग्रह गरिसकेको छ ।

अमेरिकाले केही देशहरूसँग मिलेर भण्डारणको तेल रिलिज गर्ने भएको हो ।

यद्यपि कुन कुन मुलुकसँग मिलेर कति तेल रिलिज गर्दैछ भन्ने जानकारी भने सार्वजनिक भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ