arrow

नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान

logo
रासस,
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
siriyan-people.jpg.jpeg

काठमाडौँ । सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ । 

यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट मंगलवार बिहान कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो । 

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भङ्ग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियाररहित भएको सुनिश्चित गर्न तथा दुई देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न युएनडिओएफ स्थापना भएको हो । 

युएनडिओएफको स्थापनाकालदेखि नै नेपाली सेनाले उक्त ‘मिसन’मा शान्ति सेनामा योगदान पुर्‍याउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ