arrow

नबिल बैङ्क र दक्षिण कोरियाको स्टारेमिटबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
nabil-south-korea-remit-mou.jpg

काठमाडौँ। नबिल बैङ्क र दक्षिण कोरियाको स्टारेमिट कं. लिमिटेड बीच विप्रेषण सम्झौता सम्पन्न भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यस साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरूले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्। रेमिटेन्स गर्ने बित्तिकै नेपालभरका १५ हजार भन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत रकम प्राप्त गर्न सक्छन्। ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरूको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैङ्क खातामा जम्मा गर्न सकिन्छ बैङ्कले जनाएको छ।

बैङ्कले आफ्नो विप्रेषण ग्राहकहरूका लागि रेमिटर हरुका लागि विशेष विशेषता सहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी-विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैङ्किङ सेवाहरू, र विशेष सरल कर्जा सुविधाहरू लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरू प्रदान गर्दै आइरहेको छ।

यसका साथै बैङ्कले आफ्नो रेमिटेन्स सहयोग केन्द्र मार्फत सबै रेमिटेन्स सम्बन्धी प्रश्नहरूका लागि प्राथमिकता सेवा सम्बन्धी सहयोग समेत प्रदान गर्नेछ। साझेदारी सम्झौता हस्तान्तरण समारोहमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत शाह र स्टारेमिटका अध्यक्ष शर्माले सम्भावित दक्षिण कोरियाका प्रवासी कामदारहरूलाई भेलाको बारेमा उल्लेख गरे। उचित वित्तीय जागरूकता र बचतलाई सही ठाउँमा लगानी गर्ने निर्णय लिनुको महत्त्वको बारेमा उनीले विशेष जोड दिएका थिए।

विदेशबाट फर्किने कामदारहरूका लागि नेपालमा उपलब्ध अवसर एवं वित्तीय पहुँच र औपचारिक माध्यमहरू मार्फत विदेशबाट रकम पठाउनु कसरी सुरक्षित हुन्छ र यसले व्यक्तिगत विकासको जग बसाल्न मद्दत गर्छ भन्ने कुराको बारेमा पनि कार्यक्रममा विशेष जोड दिइयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ