arrow
ADVERTISEMENT

कांग्रेस भक्तपुर १ सभापतिमा जीवन खत्री निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
bhaktapur 1.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा जीवन खत्री  निर्वाचित बनेका छन् । मंगलवार सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमार्फत खत्रीले २७१ मत प्राप्त गर्दै भक्तपुर १ को सभापतिमा  निर्वाचित बनेका हुन् । उनी संस्थापन समूह निकट मानिन्छन् ।

उनका प्रतिस्पर्धी उद्धव खड्काले भने ११६ मत प्राप्त गरेका छन् । खड्का संस्थापन इतर समूहका हुन्। खत्री यसअघि पनि सो क्षेत्रको क्षेत्रीय सभापति थिए भने खड्का क्षेत्रीय सचिव थिए ।

सो निर्वाचन क्षेत्रमा सचिव पदमा खत्री समूहकै समुद्र थापा र रविन कुमार केसी तथा सहसचिवमा रामकाजी भुजु र राजेश्वर वन विजयी भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुतर्फ आदीवासी जनजाती खुल्लामा बलबहादुर श्रेष्ठ र सहदेव श्रेष्ठ तथा प्रदेशसभा क बाट लक्ष्मी भक्त गोसाईं, निलकृष्ण साख र महिलामा कमलकेशरी चौगुठी विजयी भएका छन् । कार्यसमितिका अन्य सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए ।

भक्तपुर १ बाट महाधिवेशन प्रतिनिधिमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल सर्वाधिक लोकप्रिय मत २५१ प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ प्रविण वन १९३ मतका साथ विजयी भए। त्यस्तै संस्थापन इतर समूहका बाबुराजा जोशी पनि २०७ मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भए । उनी कानुन आयोगका पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ता हुन्।

यस्तै खुलातर्फ जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोजकुमार थापा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। 

महिलातर्फ संस्थापन पक्ष इतरका राधा कार्की (सरु बाँनिया) विजयी भए भने संस्थापन पक्षका सुभद्रा काफ्ले, रुपा थापा र संगिता फुँयाल विजयी भए ।

आदीवासी जनजाती खुलातर्फ सुरेश श्रेष्ठ, रत्नसुन्दर खाईतु, जीवन भुजु र केशव दुवाल, खसआर्य खुलामा गोविन्द थापा र नवराज दाहाल, आदीवासी जनजाती महिलामा संस्थापन पक्ष इतर समूहका गंगालक्ष्मी अवाल, संस्थापन पक्षका बागमती प्रदेशका सांसद रजनी जोन्छें र रञ्जना कक्षपति विजयी भए ।

त्यस्तै अल्पसंख्यक, अपांगता भएका र मधेशी समूहमा हरिकृष्ण श्रेष्ठ विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ