विदुरका अनुसार यी पाँच कुरा छोडे बढ्नेछ तपाईँको आयु
विदुर नीति
प्रकाशित २०७८ मंसिर ८ बुधबार
660
Shares
काठमाडौँ । महात्मा विदुर महाभारत कालका प्रख्यात विद्वान हुन् । विदुर धेरै दूरदर्शी र महान् विद्वान थिए। उनले भनेका कुरा सबै कालमा पनि सत्य साबित भएका छन् । उनको स्वभाव एकदम सरल र शान्त थियो। त्यसैले उनी श्रीकृष्णलाई पनि प्रिय थिए।
मानव जीवनमा महात्मा विदुरको नीतिको ठुलो महत्त्व छ। धेरै पटक भाग्यमा लामो जीवन लेखेर पनि व्यक्तिको कलिलो आयुमा मृत्यु हुन्छ । यसको पछाडिको कारण मानिसहरूले बुझ्न सकिरहेका हुँदैनन् । विदुरले आफ्नो नीतिमा पाँच वटा त्यस्ता कुराहरू उल्लेख गरेका छन् जुन तपाईँको आयु कम गर्दछ। यदि यसलाई हटाउन सके यस्तो व्यक्तिको जीवन लामो र आनन्दमय हुन्छ।
व्यर्थ कुरा गर्ने व्यक्ति, जो अधिक बोल्दछ। सत्यलाई समर्थन नगरी त्यस्तो कुरा गर्दा त्यसको नतिजा नराम्रो हुन्छ। त्यस्ता व्यक्तिहरूले त्यस समयमा आफ्नो आयु कम गरी रहेका हुन्छन्।
आयु घट्नुको प्रमुख कारण रिस पनि हो। अधिक क्रोधमा कयौँ पटक हामी गलत काम गर्दछौ । त्यस समय त्यो कामको परिणामलाई बिर्सन्छौँ। रिसलाई नरकको ढोका पनि भनिन्छ ।
लोभ वा स्वार्थले पनि व्यक्तिको उमेर कम गर्दछ। स्वार्थमा, एक व्यक्ति आफ्नो काम पुरा गर्न अरूलाई चोट पुर्याउँछ र यही कारण समाजमा अशान्ति फैलिन्छ। साथै उसले आफ्नो शुभचिन्तक र आयु पनि घटाउँछ ।
अरू मानिसहरूलाई कहिले पनि आफूभन्दा तुच्छ ठान्नु हुँदैन । घमण्डले चुर व्यक्ति मौका पाएसँगै कसैलाई अपमान गर्न पनि पछि पर्दैन । यसको कारण उसको आयु घट्दछ।
जो त्याग गर्दैन , उसको उमेर आफसे आफ घट्न थाल्छ। विदुर नीतिका अनुसार त्याग नगेका कारण दुर्योधनको आयु कम भएको थियो ।