arrow

धार्मिक महोत्सवको दोस्रो दिनमै १ करोड आर्थिक सङ्कलन

logo
कौरव खत्री,
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
baglug-yagya.JPG

बागलुङ । बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवमा नगद १ करोड आर्थिक सहयोग सङ्कलन भएको छ ।

गलकोट नगरपालिका ९ रिस्मी छिस दरबार स्थित सञ्चालन भइरहेको पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सवको दोस्रो दिन अर्थात् बुधवारसम्म नगद १ करोड आर्थिक सहयोग सङ्कलन भएको महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिए ।

विविध सेवा सहितको दिव्यधाम र लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार गर्ने उद्देश्य सहित सञ्चालन भइरहेको धार्मिक महोत्सवमा ५ करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ समितिका सचिव सापकोटाले जानकारी दिए ।

२०२५ सालमा स्थापित लक्ष्मीनारायण मन्दिरमा गत मङ्सिर ६ देखि २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सञ्चालन भइरहेको छ ।

धार्मिक महोत्सवमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा सन्तहरुको कुम्भ मेला एंव दैनिक भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु सञ्चालन भइरहेको महायज्ञ समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ