arrow

स्याङ्जा काँग्रेसको बागडोर थापाको काँधमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ मंसिर ११ शनिबार
raju-thapa-congress-syangja.jpg

स्याङ्जा। नेपाली काँग्रेस स्याङ्जाको बागडोर १४ औँ महाधिवेशनले राजु थापाको काँधमा आएको छ। काँग्रेस स्याङ्जा जिल्ला कार्यसमितिको सभापतिमा राजु थापा निर्वाचित भएपछि उनको काँधमा पाटीको जिम्मेवारी आएको हो। शनिवार बिहान सम्पन्न भएको मतगणनामा थापाका प्रतिद्वन्द्वी भागवतप्रकाश मल्ललाई ३२ मतले पछाडि पार्दै जिल्लाको सभापति बनेका छन्। थापाले १ हजार १ सय १७ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी मल्लले १ हजार ८५ मत ल्याएका थिए।

शुक्रवार भएको मतदानमा दुई हजार दुई सय १८ मत खसेको थियो। स्याङ्जामा २ हजार २ सय ५७ मतदाता रहेका थिए। ३९ जना मतदाता भने सहभागी भएनन्। थापा संविधान सभा सदस्य हुन् भने मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुन।

मल्ल गण्डकी प्रदेशका काँग्रेस संसदीय दलका सचेत समेत रहेका छन्। संस्थापन इतर बाट थापा सभापति भएका छन्। मल्ल देउवा लाइनबाटै उम्मेदवार बनेका हुन् । मल्ललाई जिल्लामा गोपालमानको लाइन भनेर चिनिन्छ। प्यानलसहित चुनावी मैदानमा उत्रिएका दुवै जना बीच कडा प्रतिस्पर्धा भएको थियो।

थापा र मल्ल समूहबाट उपसभापति, सचिव र सहसचिवमा दुवै पक्षका एक—एक जना निर्वाचित भएका छन्। थापा पक्षका केदार काफ्ले १ हजार ३ सय ७० मत र मल्ल पक्षका शेरबहादुर थापा ८ सय ९३ मत ल्याई विजयी भएका छन्। त्यस्तै सचिवमा थापा पक्षका गुरुप्रसाद भट्टराई १ हजार २ सय ९२ र मल्ल पक्षका दामोदर लम्साल ९ सय ३४ मतसहित विजयी भएका छन्।

त्यस्तै सहसचिवमा ध्रुवबन्धु पौडेल १ हजार १ सय ५८ मत र पृथ्वीप्रसाद पोख्रेल ९ सय ३९ मत ल्याई निर्वाचित भएका छन्। पालिका र खुला जिल्ला सदस्यमा भने सबै थापा पक्षका निर्वाचित भएका छन्।

स्याङ्जामा केन्द्रीय महाधिवेशनमा संस्थापन इतर बलियो देखिएको छ। जिल्लामा काँग्रेसको वडा देखि जिल्ला तह सम्मको अधिवेशन सम्पन्न भएको जिल्ला निर्वाचन समितिका संयोजक आरसी गौतमले बताए। छिट्टै जिल्ला कार्य समितिको पदभार ग्रहण हुने गौतमले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ