arrow

आइतबार सिंह राशि मालामाल हुँदा अन्य राशिलाई कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
rashifal-horoscope-2-1619916090.jpg

ज्यो. हरि पन्त

आजको पञ्चाङ्ग

आज मिति २०७८ मंसिर १२ गते आइतबार, इस्वीसंवत नोभेम्बर २८ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको नवमी तिथि रहनेछ । आज नक्षत्रमा पूर्वफाल्गुनी, विष्कुम्भादि योगमा वैधृति, करणमा तैतल र आनन्दादि योगमा पद्य रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २६ घटि १९ पला अर्थात १० घण्टा ४६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ३५ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०८ बजे हुनेछ । 

आजको राशिफल

मेषः आज मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

वृषः आज पनि समय खराब छ । चिताएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । यसअघिको सफलताले भने मनमा हौसला जगाउनेछ ।

मिथुनः समय शुभ छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

कर्कटः समय शुभ छैन । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । कामको समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् ।

सिंहः समय राम्रो छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ ।

कन्याः समय भरपर्दो रहनेछैन । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्नेछ, सतर्क हुनुहोला ।  

तुलाः समय शुभ छ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ योग देखिन्छ ।

वृश्चिकः समय मध्ययम छ, कुनै व्यापार व्यावसायमा लगानी गर्नका लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला ।

धनुः समय शुभ छैन । हतारको निर्णयले काम बिग्रनेछ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान् । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।  

मकरः समय भरपर्दोे रहनेछैन । ईष्या गर्नेहरूले सताउनेछन् । घुमफिर तथा मनोरञ्जनको समय छ तर लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ने देखिन्छ । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ ।

कुम्भः समय शुभ छ । व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।

मीनः समय राम्रो छैन । सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनुपर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन ।

साइतः आज सूर्य वृश्चिक र चन्द्रमा सिंह राशिमा छन् । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६ः३४ बजेदेखि        ०७ः५३ बजेसम्म        उद्धेग बेला
बिहान ७ः५३ बजेदेखि        ०९ः१३ बजेसम्म        चर बेला
बिहान ०९ः१३ बजेदेखि         १०ः३२ बजेसम्म      लाभ बेला
बिहान १०ः३२ बजेदेखि       ११ः५१ बजेसम्म        अमृत बेला
बिहान ११ः५१ बजेदेखि       १ः१० बजेसम्म         काल बेला
दिनमा १ः१० बजेदेखि        २ः३० बजेसम्म          शुभ बेला
दिनमा २ः३० बजेदेखि        ३ः४९ बजेसम्म         रोग बेला
दिउँसो ३ः४९ बजेदेखि        ५ः०८ बजेसम्म         उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ