arrow

झापा कांग्रेस सभापतिमा सिटौला पक्षका थेवे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
jhapa-congress-14th-deukumar-thewe.jpg

झापा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापा जिल्लाको नेतृत्व देउकुमार थेवेको भागमा गएको छ । मत परिणामअनुसार सभापतिका प्रतिस्पर्धी रामबहादुर कट्टेललाई पछि पार्दै थेवे सभापति बन्न सफल भएका हुन् । 

जम्मा ३ हजार ३११ मत खसेकामा थेवेले १ हजार ७६५ मत पाउँदा कट्टेलले १ हजार ५१५ मत पाए । थेवे कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका हुन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पक्षका कट्टेल पराजित भएका हुन् । 

त्यस्तै उपसभापतिमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई विजयी भएका छन् । पाण्डेले १ हजार ८८९ र भट्टराईले १ हजार ६७४ मत पाए । प्रेम सम्वाहाम्फे र शमशेर गिरी भने पराजित भएका छन् । 

 त्यस्तै सचिवमा नवीन बिमली र कृष्ण हुमागाई विजयी भएका छन् । विश्वदिप लिम्बू र टुमलाल राजवंशी भने पराजित भएका छन् । 

त्यस्तै सहसचिवमा कालेन्द्रसाद राजवंशी र कमलप्रसाद भण्डारी विजयी भएका छन् । उमाराम प्रसाई र पदम लिम्बू भने पराजित भएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ