arrow
ADVERTISEMENT

काठमाडौं कांग्रेसमा बानियाँ लगातार दोस्रो पटक सभापति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
sabuj-baniya-ktm-win.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस काठमाडौं जिल्लाको सभापतिमा सबुज (कृष्ण) बानियाँ विजयी भएका छन् । बानियाँले उपेन्द्र कार्कीलाई पराजित गरेका हुन् । 

बानियाँ लगातार दोस्रो पटक सभापति बन्न सफल भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह र गगनकुमार थापा पक्षबाट उम्मेदवार भएका थिए र कार्की भने कृष्णप्रसाद सिटौला पक्षका सांसद भीमसेनदास प्रधान समूहबाट उम्मेदवार बनेका थिए । 

सबैभन्दा बढी केन्द्रमा रहेको काठमाडौं जिल्ला इतर पक्षमै गएको छ । यसअघि १३ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहको समर्थनमा बानियाँ सभापति निर्वाचित भएका थिए ।

अन्तिम मत परिणामअनुसार बानियाँले १९५७ मत पाए । पराजित कार्कीले १०८९ मत पाए । उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन् । नकर्मीले १८२९ मत पाए । त्यस्तै केसीले १९२२ मत पाए । पराजित भएका धर्मराज अर्यालले १०४७ तथा रामलाल श्रेष्ठ ९४३ मत पाए । 

सचिवमा र्इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी विजयी भए । थापाले १९१५ तथा पुडासैनीले १८१७ मत पााए । पराजित भएका कुमारराज सुवेदीले ८५८ तथा सागरदास रन्जितले ९४४ मात्र मत पाए । 

सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी भए । प्रधानले २०६६ तथा श्रेष्ठले १७७५ मत पाउँदा पराजित सुस्मिता प्रधानले ९८८ तथा लक्ष्मण गौतमले ९०२ मत मात्र पाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ