arrow

शार्दूल थाल्दै दोस्रो इनिङ्स

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
shardul-thakur-engagement.jpg

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर शार्दूल ठाकुरले जीवनको दोस्रो इनिङ्स शुरु गरेका छन् । उनले प्रेमिका मिताली पारुलकरसँग इन्गेजमेन्ट गरेका छन् । उनीहरुको तस्बिर तथा भिडियो भाइरल भइरहेको छ । 

उक्त इन्गेजमेन्ट मुम्बईको महाराष्ट्र क्रिकेट एसोसिएसनको क्षेत्रमा भएको थियो । उक्त समारोहमा करिब ७५ जना सहभागी भएका थिए । ३० वर्षे शार्दूलको आगामी वर्ष अष्ट्रेलियामा हुने विश्वकपपछि विवाह हुन सक्नेछ । 

उनले भारतका लागि ४ टेष्ट, १५ एक दिवसीय तथा २४ टी–२० खेलिसकेका छन् । आईपीएलमा उनी चेन्नई सुपर किंग्सबाट खेल्ने गर्छन् । 

भारत र न्यूजिल्याण्डबीचको सिरिजमा उनी आराम गरिरहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ