arrow

अध्यक्षमा केपी ओली भारी मतले निर्वाचित, भीम रावलले ल्याए २१३ मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
kp-oli-bhim-rawal-uml.jpg

काठमाडौं । केपी शर्मा ओली दोस्रो पटक नेकपा एमालेका अध्यक्षमा निर्वाचित भएका छन् । सौराहामा भएको दशौं महाधिवेशनको मतपरिणामअनुसार ओलीले कूल खसेको दुई हजार ९६ मध्ये १ हजार ८०८ मत पाएका छन् । 

उनका प्रतिस्पर्धी डा. भीमबहादुर रावलले २१३ मत ल्याएका छन् । रावलले एक सय मतसमेत कटाउँदैनन् भन्दै आलोचना गर्नेहरुका अगाडि रावलले सम्मानजनक मत ल्याएका हुन् । 

तर समग्रमा भने ओलीले भारी मतले जित हासिल गरेका हुन् । नवौं महाविधेशनमा ओलीले माधवकुमार नेपालमाथि कडा प्रतिस्पर्धाबीच सफलता पाएका थिए । 

रावलले नवौं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष पद जितेका थिए । तर यसपालि भने केपी ओलीले सहमतिमा कार्यसमिति तयार गर्ने नाममा घेराबन्दी गरेसँगै लोकतन्त्रको मान मर्यादा राख्नका लागि भन्दै चुनावमा होमिएका थिए । 

सौराहामा जारी मतगणनामा अब अन्य पदाधिकारीहरुको लागि भएको मतदानको मतगणना भइरहेको छ । 



नयाँ