arrow

सर्वोच्च अदालनमा इतिहासमै नौलो अभ्यास : गोलाप्रथा प्रणालीबाट तोकियो मुद्दाको पेसी

३७ दिनपछि फर्किए इजलास फर्किए न्यायधीश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
supreme-court-long.jpg

काठमाडौं । बुधबार अर्थात आजको दिन सर्वोच्च अदालतमा इतिहासमै नौलो अभ्यास शुरु भएको छ । सर्वोच्चको इतिहासमा पहिलोपटक आज गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोकिएको छ ।

यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आउने चलन तोडिएको छ र गोला लागू भएसँगै प्रधानन्यायाधीशको तजबिज सकिएको छ । बुधबारका लागि गोलाप्रथाबाट बुधवार ११ वटा इजलास गठन पनि गरिएको छ ।

कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण, तामेली, मुद्दा फिर्तालगायतका मुद्दा हेर्दै आएपनि अब सबै किसिमको नियमित मुद्दा हेर्न इजलासमा फर्किएका छन् । सर्वोच्चका न्यायाधीश ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किएका हुन् ।

पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार बुधबारबाट नयाँ अभ्यास शुरु भएको हो । अब न्यायाधीशले अपारदर्शी थैलीमा राखिएका समान रूप, रंग, आकार र बनोटका गोटी तान्नुपर्ने हुन्छ । वरिष्ठताका आधारमा न्याायाधीशहरूले यो थैलीबाट पालैपालो गोटी निकालेर बृहत् पूर्ण र पूर्ण इजलासहरू गठन गर्छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि नयाँ अभ्यास थालिएको हो । सर्वोच्चको ७० वर्षे इतिहासमा यो पहिलो अभ्यास मानिएको छ । मंगलबार मात्रै नेपाल बार एशोसिएसनले  विज्ञप्ति जारी गरेर गोला प्रक्रियाबाट पेसी तोक्ने कामको स्वागत गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ