arrow

बालाचतुर्दशीमा चिटिक्क पशुपतिनाथ, गलेश्वरधाम (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
pashupatinath-satabij1.gif

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् । 

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । बिहीबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । 

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको बिहीबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको हो । 

जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मी लगायतको बाक्लो उपस्थिति छ । 

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । 

पशुपतिनाथ चिटिक्क पारेर सजाइएको छ । 

डोलेश्वर मन्दिर, भक्तपुर​​​​​
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा सतबीज छर्न आएका भक्तजन ।
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा सतबीज छर्न आएका भक्तजन ।
सतबीज छर्न डुङ्गामा देवघाटधाम आएका भक्तजन । 
झापाको सताक्षीधाममा शतबीज छर्दै भक्तजन ।

रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ