arrow

कांग्रेस महाधिवेशन 

कांग्रेस प्रदेश १ मा नेतृत्वका लागि गुरु र उद्धवबीच भिडन्त, नौ पदाधिकारीका लागि २० को उम्मेदवारी 

logo
विवेक मिश्र, 
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
guru-ghimire-uddav-thapa-fi.gif

मोरङ । नेपाली कांग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिष्पर्धा हुने भएको छ । प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने तय भएको हो । 

कांग्रेस नेताहरुका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा. शेखर कोइराला प्यानलबाट नेपाल विद्यार्थी संघका पूर्व सभापति घिमिरेलाई उम्मेदवार बनाउने सहमति भएको थियो ।

संस्थापन पक्षबाट भने प्रदेश १ सभापतिमा झापाका उद्धव थापालाई अघि सारिएको छ । केन्द्रको राजनीतिमा संस्थापन इतरबाट कृष्णप्रसाद सिटौलाको छुट्टै पक्ष छ । तर प्रदेश १ मा संस्थापनको साथसहित सिटौलाले आफू निकटका नेता थापालाई देउवा–सिटौला प्यानल मार्फत अगाडि सारेका हुन् । 

यस्तै प्रदेशको २ जना उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन् । टंक र गोविन्द संस्थापन इतरका हुन् भने विश्वनाथ र रमेशजंग संस्थापन निकटका हुन् । 

२ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्गा र सहमहामन्त्रीको महिला २ जना र खुल्ला २ जनामा प्रमिला गच्छदार, मानबहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र ईन्दिरा थापाले उम्मेद्वारी दिएका छन् ।

९ जना पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको हो । 



नयाँ