arrow

कांग्रेस गण्डकी सभापतिमा शुक्रराज र अर्जुनबीच भिडन्त २९ पदका लागि ५१ जनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
Shukraraj & Arjun.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापति पदका दुई जनाको मात्रै उम्मेदवारी परेको छ । जसमा शुक्रराज शर्मा र अर्जुन जोशीले उम्मेदवारी दिएका छन् । सभापति पदका उम्मेदवार शर्मा कास्की र जोशी पर्वतका हुन् ।

यसैगरी दुई उपसभापति पदका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी छन् । 

पार्टीको दुई महामन्त्री पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले उम्मेदवारी दिएका छन् भने एक महिला सहमहामन्त्रीका लागि ओमकला गौतम, कोपिला रानाभाटले उम्मेदवारी दिएका छन् । 

यसैगरी एक जना खुला सहमहामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा राजनराज पन्त, झुलबहादुर आले, युवराज बस्ताकोटी, रामचन्द्र जोशी, रमेशकुमार पाण्डे, गणेश सापकोटा छन् ।

यता, ११ जना खुला सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । जसमा डम्बरजंग गुरुङ कास्की,  अर्जुन पौडेल कास्की, अर्जुनप्रकाश अर्याल स्याङ्जा, अशोक बस्ताकोटी नवलपुर, द्रोण वन सन्यासी नवलपुर, हरिप्रसाद बराल लमजुङ, जीवनकुमार श्रेष्ठ लमजुङ, ध्रुवप्रसाद खनाल गोरखा, पूर्णबहादुर दाहाल गोरखा, शिव केसी म्याग्दी, अनोद श्रेष्ठ म्याग्दी, ईन्द्रराज पौडेल बागलुङ, नवराज पौडेल बागलुङ, लक्ष्मीप्रसाद आचार्य तनहुँ र गिरिराज गौतम पर्वत रहेका छन् ।

यसैगरी ११ जना महिला सदस्यका लागि लालीमाया शर्मा कास्की, अप्सरा श्रेष्ठ कास्की, विमला गौचन म्याग्दी, अमृतदेवी बानिया म्याग्दी, धनकुमारी गुरुङ लमजुङ, छुपीमाया गुरुङ लमजुङ, सरस्वती तिमिल्सिना नवलपुर, सीता कुँवर नवलपुर, मीना अधिकारी गोरखा, शोभा अधिकारी गोरखा, मायादेवी राना आले तनहुँ, कल्पना, पाठक हमाल बागलुङ, गीता श्रीस बागलुङ, मीनाकुमारी केसी पर्वत, रीना राना थापा पर्वत, कविता तिवारी गैरे स्याङ्जा, विमला श्रेष्ठ स्याङ्जा, पुष्पा भट्टचन शेरचन मुस्ताङले उम्मेदवारी दिएका छन् ।

नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ