arrow

‘हे महामानवहरु सुतेका छौं भने उठ!’

logo
बिके महतो,
प्रकाशित २०७३ साउन १२ बुधबार
BK-mahato.jpg.jpeg
फेसबुकमा न्युज फिड हेर्दै थिए। साथीहरुको फोटो र स्टाटसमा लाइक गर्दै रमाइरहेका थिए। तर, जब यी फोटो देखें। म स्तब्ध भए या भनौं अक्क न बक्क भए। तस्वीरमा दुईजना नाबालक कतिबेला खाना पाक्ला र खाउँला भन्ने ध्याउन्नमा देखिन्छन्।
 
खाना पकाउँदै गरेकी महिला (मधेसतिर जनानी भनिन्छ) ती दुई अर्धनग्न बालकको आमा छिन् शायद। चारवटा केराको थम्बालाइ बाँधेर हाथे डुंगामा खाना पकाइरहेकी छिन्। उनको मलिन मुहारमा देखिएको अदृश्य पीडालाई शब्दमा व्यक्त गर्न सार्मथ्य छैन, म सँग। 
 
तस्वीरमा सानो घर त देखिन्छ। तर, त्यसमा छ त केवल पानी नै पानी। उनको बासस्थान छैन्। कहाँ सुत्नेछन् ती अबोध बालकहरु। बाढीको कहरले उनीहरुलाई उठिबास भएको छर्लँङ्गै देखिन्छ, यी तस्वीरमा। 
तस्वीर साभारः सप्तरी अनलाइन। 
 
केहीदिनदेखि सक्रिय भएको मनसुनले नेपालको पूर्वी तराई र पश्चिमी तराई भु–भाग डुबानमा परेको छ। अझै वर्षा रोकिएको छैन। हजारौं घरपरिवार विस्थापित भएका छन्। तर, हालसम्म पनि बाढी पीडितलाई व्यवस्थित ठाउँमा लग्न उचित पहल भएको देखिँदैन। 
 
देशमा अहिले सरकार त छ, तर काम चलाउ मात्र। सरकारले केही गरेन भनेर कसरी आरोप लगाउने? गतवर्ष वैशाख १२ र २९ को विनाशकारी भूकम्पले पहाडको आँसु सुक्न नपाउँदै तराईमा अर्को प्राकृतिक विपद् आइपरेको छ। बाढीले मधेसमा बस्ने हजारौं नेपालीहरुको घर बगाएका छन्। उनीहरुसँग पर्याप्त खाद्यान्न छैन्। बस्ने बास छैन्। उनीहरुको अवस्था दिनदिनै दयनिय बन्दै गइरहेको छ। 
 
सप्तकोशिमा पानी उर्ली उर्ली आइरहेको छ। खतराको रातो संकेत पार गरिराखेको अवस्थामा पुगेको छ। तर, कोसीका ढोकाहरु खोलिएका छैनन्। कोसीका केही ढोकाहरु खोलिएन भने तराईका अधिकांश जिल्लाहरु डुब्ने देखिन्छ तर, नेताहरुले यसतर्फ पर्याप्त चासो दिनसकेको छैनन्। 
 
यतिबेला त मेरो मनमा नानाथरीका प्रश्न मात्र प्रस्फुटित भइरहेको छ। के बाढी पीडितलाई राहत दिन सरकार नै चाहिन्छ? मानिसहरुमा हुने मानवियताले पुग्दैन र? के हामीले मानवतालाई बेचिदिएका छौं? यदि तपाई हामीमा मानवता अलिकति पनि बाँकी छ भने उठ्नैपर्छ। जाग्नै पर्छ। पाइला हामीले चाल्नैपर्छ।
 
तराईमा ६ महिने लामो आन्दोलन गरेका मधेसका नेताहरु कहाँ छन् यतिबेला? हुनतः सत्तामा पुगेर ठूलाठूला महल बनाउन सफल भएकाहरुलाई बाढीको कहरमा बाँच्न बाध्य यी निमुखा जनताको पीडाबारे ती नेतालाई के थाहा? आन्दोलनमा मर्नेहरुलाई ५० लाख रुपैयाँ दिने आह्वान गरेका नेताहरुलाई के थाहा ? नभए मधेस केन्द्रीत दलका नेताहरुले ‘कसका लागि आन्दोलन ?’ गरेका थिए, जवाफ दिनैपर्छ।
 
म मेरो रचनामा कथित नेताहरुको आलोचना गरेर विताउन चाहन्न। बरु म भन्न चाहन्छु, ‘हे महामानवहरु सुतेका छौं भने उठ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ