arrow

नबिल बैङ्कद्वारा कालिकोटको पलाँतामा दिगो बैङ्किङ तथा वित्तीय साक्षरता कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
nabil-sdg-fund.jpg

काठमाडौँ। नबिल बैङ्कले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैङ्किङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नबिल बैङ्कले पलाँता गाउँपालिकासँग दिगो बैङ्किङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ।

पलाँता गाउँपालिकामा नबिल बैङ्कको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त साझेदारी मार्फत गाउँपालिका हरूले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैङ्कले उद्यम गर्न बैङ्कको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले नबिल बैङ्कको दिगो बैङ्किङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे। कार्यक्रममा नबिल बैङ्कको दिगो बैङ्किङ तथा वित्तीय साक्षरताका सम्बन्धमा नबिल दिगो बैङ्किङका प्रबन्धक लीला प्रसाद ओझाले प्रकाश पारेका छन्।

अन्तर्क्रिया दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरूले उठाएको जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो। कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरू साथै अन्य गाउँपालिकाबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नबिल बैङ्कले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैङ्किङको सुरुवात गरेको हो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले दिगो बैङ्किङ कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रम अन्तर्गत बैङ्कले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको छ।

बैङ्कले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गिरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ