मणिप्रसाद गैहे्र, कपिलवस्तु । कपिलवस्तुको बहादुरगंज गाविसको कार्यालयले रकम लिएर भारतीय नागरिकलाई लाई जन्मदर्ता बनाएको रहस्य खुलेको छ । बहादुरगंज गाविस ३ विजयनगर निवासी राम छविलेको कुनै पनि सन्तान नभएकोले गाविसका कर्मचरीले सम्पतीको मोहमा परेर एक भारतीय नगरिकलाई नेपाली जन्मदर्ता बनाएर सम्पती खुवाउन लगेको रहस्य खुलेको छ ।
राम छविलेको मृत्यु गत भदौ २२ गते भएपछी उनका भाई रामतिरथ शुक्लाले दाईको मृत्यु भएपछि गाविसमा गएर मृत्यु प्रमाण पत्र माग्दा अरुले नै मृत्यु दर्ता बनाएर लगेको सुन्दा उनले गाविसले रकम खाएर प्रमाण पत्र दिएको उनताए । राम छविलेको सन्तान कोहि नभएकोले उनको सम्पती अर्कालाई खुवाउन अहिले गाविसले छोरा बनाएको दोष गाउलेहरु लगाएका छन । छविलेका भाई रामतिरथका अनुसार गाविसले ३० हजार रकम लिएर नक्कली छोराको जन्म दर्ता बनाएको र राम छविलेको मृत्यु दर्ता बानई सोहि नक्कली छोरालाई दिएको बताए । गाविसले विजय नगरका स्थानीय भरोसे यादवले अवधी भाषामा भने बाबु यि कलजुग होवय,यहा सबकुच गतल हुवत हय , अर्थत यो कलयुग हो यहा सबै गलत हुन्छ । नेपाली बोल्न नजानेको यादवले भने गाविसले अन्याय गरेकै हो । कोहि नभएकोलाई कसरी किन अर्कालाई सम्पती खुवाउन छोरा बनाएको भन्दै गाउलेहरु अहिले गाविसकै दोष देखाएका छन ।
को हुन जय प्रकाश ?
भारतको उत्तर प्रदेश कैम्पियरगन्ज ताजडिह घर भएको र भारतको विधानसभा क्षेत्रको सख्यनामावालीमा पनि नाम भएका जय प्रकाश दुबे लाई जय प्रकास शुक्ला बनाई सो नाममा गाविसमा जन्म दर्ता बनेको रहस्य खुलेको छ । भारतको विधानसभा क्षेत्रको सख्य नामावालीमा नाम जय प्रकाश दुवे,पिताको नाम विक्रम दुवे, आमाको नाम सुमित्र दुवे मकान सख्या नं ६१(ख) उल्लेख भएको छ । सो नाम गरेको सो व्याक्तिलाई नेपालमा जय प्रकाश शुक्लाको नाममा जन्म दर्ता बनाएर छविलेको सम्पती कुम्लउने खेलमा गाविस पनि सग्ंलन रहेको पाइएको हो । गाविसमा जन्म दर्ता भए अनुसार नक्कली जय प्रकाशको जन्म मिति २०५१ असोज १ गते कायम गरिएको छ भने जन्म दर्ता २०६७ मंसीर ७ गते बनाईएको छ ।
शोना मिश्राइन
यता सोही काण्डमा नक्कली आमा बनेकी शोना मिश्राइन भने कपिलवस्तु जिल्लाको महाराजगन्ज गाविस १ निवासी गंगाराम मिश्राको श्रीमती हुन । केहि समयपछी गंगाराम मिश्राको मृत्यु भएपछी शोनाले म गंगारामको श्रीमती रहेकोले म सबै सम्पतीको हकवाला भएको भन्दै अदालतको फैसाल अनुसार गंगारामको सबै सम्पती आप्नो नाममा गरेर बेचेर सकिन । महाराजगन्जको सम्पती सकेर शोना शरण लिइ बहादुरगन्ज निवासी राम छविले बसिन । शोनाले आप्नो नजिकको नातेदार भारत गोरखपुर कैम्पियरगन्ज ताजडिह निवासी विक्रम दुवेको छोरालाइृ आप्नो गाविसकार्यालयका कर्मचारी सग मिलेर नक्क्ली छोरा बनाएर रामछविलेको सम्पती खाना खोजेको रहस्य खुलेको छ ।
कपिलवस्तुको बहादुरगन्ज गाविस वासीलाई थाह कि राम छविलेको कुनै सन्तान छैन तर गाविसको कार्मचारीको मिलोमातोमा मोटा रकम खएर मिति २०६७ मंसीर ७ गते भारतीय नगरिकलाई नेपाली जन्मदर्ता बनाएको रहस्य खुलेको हो ।
राम छविले शुक्ला
कपिलवस्तुको बहादुरगन्ज गाविस निवासी श्रीराम शुक्लाको तिन भाई छोरा मध्ये राम छविले शुक्ला र तिरथ प्रसाद शुक्ला हुन । रामतिरथ प्रसाद शुक्ला बहादुरगन्ज १ मा बस्छन भने राम छविले शुक्ला बहादुरगन्ज वडा नं ३ विजयनगरमा बस्छन । राम छविलेको विवाह भगदेई शुक्लासग भएको थियो । राम छविले र भगदेईको विवाह भयो तर कुनै सन्तान छैन । केहि बर्ष पछी भगदेईको मृत्यु भयो । राम छविले एक्लै जिन्दागी कट्दै जादा मिति २०७२ भदौ २२ गते मृत्यु भयो ।
राम तिरथ प्रसाद शुक्ला
राम छविलेका सहोदर भाई राम तिरथ प्रसाद शुक्लाले दाइको सेवा गरे बापते सम्पती आफुले पाउनु पर्ने समयमा अहिले सो सम्पतीको हकदवी अर्के नक्कली छोरा भारतीय नगरिकले गरेको सुन्दा उहा अहिले न्याय पाउ भन्दै यतायता भौतरिनु भएको छ । दाईको सन्तानकोही नभएकोले आफुले दाईको सेवा गरेको तर अहिले सम्पतीको हकवाल नक्लली छोरा हुदा उहा सम्वन्धित निकाय,र पत्रकारको शरणमा पुग्नु भएको छ । दाईको कुनै पनि सन्तान थिएन तर आज सम्पती देखेर गाविसको कर्माचारीहरुले रकम खाएर कहावाट सन्तान जन्माए । यो समयमा म दुखीलाइृ किन सताएको भन्दै उहाले न्याय खोज्दै हिडिरहनु भएको छ । गाविसका कर्माचारीले नक्कली प्रमाण बनाएको भन्दै अहिले बहादुरगन्जमा सनसानी छाएको छ ।
गाविसको भनाई
तत्कालिन समयमा कपिलवस्तुको बहादुरगन्ज गाविस र चनई गाविस हेर्ने गाविस सचिव कृष्ण कुमार चौधरीले गाविसका सहयाक कर्मचारी राम किशोर चौधरीले तयार परेको कगजातमा म सगँ झुक्यार हस्ताक्षर गराएको बताए । यता सहायक कर्मचारी राम किशोर चौधरीले सो बारेमा जनकारी लिन खोज्दा आनकानी गरेर सत्य तथ्य खुलाउन चाहेनन । सचिव कृष्ण कुमार चौधरी जिल्लाका विभिन्न विवादित सिफारिस गर्न कहलिएका छन ।